बिहिबार ०८, मङि्सर २०७९ ११:३२
बिहिबार ०८, मङि्सर २०७९ १०:३५
बिहिबार ०८, मङि्सर २०७९ १०:२८
कैलाली क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
बुधबार ०७, मङि्सर २०७९ ०५:४२
डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार चक्र मल्ल विजयी भएका छन ।
बुधबार ०७, मङि्सर २०७९ ०५:२२
प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका ओम विक्रम भाट विजयी भएका छन् ।
बुधबार ०७, मङि्सर २०७९ ०५:१९
कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ ।
बुधबार ०७, मङि्सर २०७९ ०५:१३
कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन्।
बुधबार ०७, मङि्सर २०७९ ०५:०८
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ ४६ हजार ३१७ मत गणना सकिएको छ ।
बुधबार ०७, मङि्सर २०७९ ११:१३
अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।
बुधबार ०७, मङि्सर २०७९ ११:०२
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बुधबार ०७, मङि्सर २०७९ १०:५२
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिर बहादुर बलायरले दुई हजार भन्दा बढि मतले फराकिलो अग्रता कायम गरेका छन् ।
बुधबार ०७, मङि्सर २०७९ १०:४८
डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
बुधबार ०७, मङि्सर २०७९ १०:३९
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।
मङ्गलबार ०६, मङि्सर २०७९ ११:२७
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।
मङ्गलबार ०६, मङि्सर २०७९ ११:१५
कैलाली क्षेत्र नम्बर ५ को मतगणना बल्ल सुरु भएको छ ।
मङ्गलबार ०६, मङि्सर २०७९ ११:०७
नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्दसँगै बजारका गल्लीहरूमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।
सोमबार ०५, मङि्सर २०७९ ११:३७
सप्तरी क्षेत्र नम्बर २मा ५ सय मत गन्दा सिके राउतको अग्रता कायमै छ। राष्ट्रिय जनमत पार्टीका उम्मेदवार राउतले ४ सय १ मत प्राप्त गरेका छन्।
सोमबार ०५, मङि्सर २०७९ ११:२६
बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु संख्या ४ गुगेको छ ।
सोमबार ०५, मङि्सर २०७९ ११:१०
आज सम्पन्न भएको निर्वाचनमा डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०७:०९
काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०६:५८
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०६:२७
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
आइतबार ०४, मङि्सर २०७९ ०५:४५
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा किरियापुत्रीले मतदान गरेका छन्।
आइतबार ०४, मङि्सर २०७९ ०५:३९
बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०५:२८